अत्यन्तै जरुरी सूचना

CTEVT अन्तर्गत Diploma in Civil Engineering र Diploma in Geo-matics Engineering मा भर्ना भइ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्ना खुलेकोले मिति 2078 भाद्र 18 गते कार्यालय समयसम्म शरदपुर माध्यमिक विद्यालयमा सम्पर्क गर्नुहुन वा यसै website को अनलाईन भर्ना फाराम भरी आफ्नाे सिट सुरक्षित राख्नकाे लागि सवैकाे जानकारीकाे लागि सूचित गरिन्छ । सम्पर्क 056520719,9845051199 धन्यवाद ।

हाम्राे बारेमा

क‌)वि.सं. २०३१ सालमा रा.प्रा.वि. भरतपुरको शाखाको अनुमति पाएको यस विद्यालयमा २०३२ सालमा प्रा.वि., २०४० सालमा नि.मा. वि. स्वीकृत भई २०४६ मा प्रस्तावित मा.वि.को रुपमा कक्षा सञ्चालन अनुमति पाएको थियो । वि.सं. २०५१ सालको पुष १४ गते मा.वि. स्थायी स्वीकृति प्राप्त गरेको थियो । 
यस विद्यालयलाई स्थायित्व दिन र भौतिक निर्माण कार्य सम्पन्न गर्न विभिन्न समयमा अभिभावकहरुबाट उठेको चन्दा सहयोग, २०५२ को धान्याञ्चल ज्ञान महायज्ञ र २०६४ मा  दोश्रो पटक विद्यालयमा आयोजित ऐतिहासिक धान्यञ्चल ज्ञान महायज्ञबाट १७ कठ्ठा १० धुर जमिन र सो जमिनमा ९ कोठे भवन निर्माण गरी २०६५÷६६ बाट वाणिज्य र शिक्षा संकायमा कक्षा ११ र १२ सञ्चालन भई विद्यालयको स्तरोन्नती भएको थियो । शिक्षा ऐनमा भएको आठौं संशोधन अनुसार विद्यालय शिक्षा ०–१२ भएकोले हाल कक्षा ०–१२ पुरानो भवनमा दिवा समयमा नै संचालन गरिएको छ । साधारण शिक्षाको अलावा ऋत्भ्ख्त् बाट सम्बन्धन लिई शैक्षिक सत्र २०७५ बाट प्राविधिक शिक्षा अन्र्तगत ३ वर्षे डिप्लोमा ईन सिभिल इञ्जीनियरिड्डको कक्षा सञ्चालन गरिएको छ ।

ख) भौगोलिक अबस्था
चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिव १.८ कि.मि. दक्षिण तर्फ भरतपुर महानगरपालिका वडा नंं. ८ र  ९ को सिमानामा वडा नं. ८ गौरिगञ्जमा यो विद्यालय अवस्थित छ । यस विद्यालयको पुर्वमा वन देवी वरण्डाभार सामुदायिक वन, पश्चिममा वडा नं. ७ कृष्णपुर, दक्षिणमा केरुङ्गा घोल र उत्तर तर्फ पुर्व पश्चिम राजमार्ग रहेको छ । 

ग) विद्यालय समुदायको पृष्ठभुमि तथा बनौट
यस विद्यालय सेवा क्षेत्रभित्र रहेका विभिन्न जातजातिगत बसोबासलाई हेर्दा विभिन्न जातजातिरुको मिश्रण रहेको पाइन्छ । यहाँको वरीपरि ब्राम्हण, क्षेत्री, दरै, थारु, गुरुङ्ग, मगर र दलितहरुको बसोबास रहेको छ । यहाँ हिन्दु धर्म मान्नेहरुको बाहुल्यता रहेको छ । त्यसका साथसाथै बौद्ध तथा क्रिश्चियन धर्मावलम्वीहरु पनि छन् । यस क्षेत्रको रितिरिवाज र संस्कृतिलाई नियाल्दा धेरै जसोले हिन्दु धर्म संस्कृतिका चाडपर्वहरु दशैं, तिहार,तिज, मुख्य र साउने संक्रान्ति र फागु पुर्णिमा विशेष रुपले मनाउछन् भने अन्य धर्मावलम्वीहरु जस्तै बौद्ध, क्रिश्चियनहरुले पनि आ–आफ्नो धर्म परम्परा अनुसारका चाडपर्वहरु मनाउछन् । बढ्दो शहरीकरण र बसाईसराईले गर्दा यस क्षेत्रको शिक्षा, धर्म, भाषा, रितिरिवाजलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । यसका साथै शिक्षाको बढ्दो निजीकरणले गर्दा निजी विद्यालय तर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढेकोले यस विद्यालयमा विद्यार्थीको चाप न्युन रहेको छ ।
Share:
हाम्रो व्लग हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद । सल्लाह,सुझाव र प्रतिक्रियाको लागि कृपया हाम्रो ई मेल ठेगाना sharadpurmavi@gmail.com मा मेल गर्नुहोला । धन्यवाद ।
Copyright © Sharadpur Secondary School | Design by:- Nabaraj Pokharel,nischal930@gmail.com |