अत्यन्तै जरुरी सूचना
विद्यालयको परिचय
स्थान
आजकाे दिन
National Flag
हाम्रो फेसवुक
केहि महत्वपूर्ण लिंकहरु
About Me
- शरदपुर माध्यमिक विद्यालय,भरतपुर
- वि.सं. २०३१ सालमा रा.प्रा.वि. भरतपुरको शाखाको अनुमति पाएको यस विद्यालयमा २०३२ सालमा प्रा.वि., २०४० सालमा नि.मा. वि. स्वीकृत भई २०४६ मा प्रस्तावित मा.वि.को रुपमा कक्षा सञ्चालन अनुमति पाएको थियो । वि.सं. २०५१ सालको पुष १४ गते मा.वि. स्थायी स्वीकृति प्राप्त गरेको थियो । यस विद्यालयलाई स्थायित्व दिन र भौतिक निर्माण कार्य सम्पन्न गर्न विभिन्न समयमा अभिभावकहरुबाट उठेको चन्दा सहयोग, २०५२ को धान्याञ्चल ज्ञान महायज्ञ र २०६४ मा दोश्रो पटक विद्यालयमा आयोजित ऐतिहासिक धान्यञ्चल ज्ञान महायज्ञबाट १७ कठ्ठा १० धुर जमिन र सो जमिनमा ९ कोठे भवन निर्माण गरी २०६५÷६६ बाट वाणिज्य र शिक्षा संकायमा कक्षा ११ र १२ सञ्चालन भई विद्यालयको स्तरोन्नती भएको थियो । शिक्षा ऐनमा भएको आठौं संशोधन अनुसार विद्यालय शिक्षा ०–१२ भएकोले हाल कक्षा ०–१२ पुरानो भवनमा दिवा समयमा नै संचालन गरिएको छ । साधारण शिक्षाको अलावा ऋत्भ्ख्त् बाट सम्बन्धन लिई शैक्षिक सत्र २०७५ बाट प्राविधिक शिक्षा अन्र्तगत ३ वर्षे डिप्लोमा ईन सिभिल इञ्जीनियरिड्डको कक्षा सञ्चालन गरिएको छ ।